इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बताएको थियो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको शीर्ष स्थानमा फकिएको हो ।
इङ्ग्लिस ब्याट्सम्यान इयोन मोर्गन र राहुल त्रिपाठीले सातौं विकेटका लागि ७८ रनको सानदार साझेदारी गरेका थिए । १८ औं ओभरमा मोर्गनले दक्षिण अफ्रिकी कागिसो रावाडाको बलमा लगातार ३ छक्का प्र हार गरेका थिए ।

मोर्गनले १८ बलमा ५ छक्का र १ चौकासहित ४४ र त्रिपाठीले १६ बलमा ३ छक्का र ३ चौकासहित ३६ रन बनाएर आउट भए । दुवैले पारीको अन्तिमसम्म ब्याटिङ गर्न पाएनन् । मोर्गनलाई १९ औं ओभरमा दक्षिण अफ्रिकी एरिन्च नोर्जे र त्रिपाठीलाई अन्तिम ओभरमा मार्कस स्टोनिसले आउट गरेका हुन् ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका नितिश रानाले ३५ बलमा ४ छक्का र ४ चौकासहित ५८ रनको अर्धशतकीय पारी खेले । ओपनर शुभमन गिलले २८ रन जोडेका थिए । दिल्लीका लागि नोर्जेले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेलले २ तथा अमित मिश्रा र रावाडाले एक/एक विकेट झारे ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको योगफल खडा गरेको थियो । दिल्लीका लागि ओपनर पृथ्वी श र कप्तान श्रीयाश आयरले अर्धशतक तथा ऋषभ पन्तको आक्रामक ब्याटिङ गरे ।

ओपनर पृथ्वी शले ४१ बलमा ६६ रनको पारी खेले । उनले शिखर धवनसँग मिलेर पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपछि दिल्लीले लय समातेको थियो । धवन १६ बलमा २६ रन बनाएर धवन वरुण चक्रवर्तीको बलमा क्याचआउट भए ।

पृथ्वीले आफ्नो इनिङमा ४ चौका र ४ छक्का प्र हार गरे । तेस्रो नम्बरमा आएका कप्तान श्रीयाश आयरले ३८ बलमा ८८ रनको शानदार पारी खेले । उनले ७ चौका र ६ छक्का प्र हार गरे । उनले पृथ्वीसँग ६३ र ऋषभ पन्तसँग ६० रनको साझेदारी गरेपछि दिल्लीले दुई सयको आँकडा पार गरेको हो ।१६ बल खेलेका ऋषभले ३८ रन प्रहार गर्ने क्रममा ५ चौका र १ छक्का प्र हार गरे । कोलकाताका आन्द्रे रशेलले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!