आइतबार, आश्विन १८, २०७७ || 820  पटक पढिएको

पूर्वी नवलपरासको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो । तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् । प्रहरीले जंगलको बाटो हुँदै बजारतर्फ आउँदै गर्दा कान काट्ने लुटेराको खाजी भइरहेको दाबी गरेको छ । चाडवाड नजिकिँदै गर्दा हरेक वर्ष चोरी र लुटपाटको घट्ना बढने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!