आइतबार, आश्विन १८, २०७७ || 869  पटक पढिएको

पेरिस सेन्ट जर्मेनका पूर्व स्ट्राइकर एडिसन कभानीलाई म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गर्ने भएको छ । कभानी आइतबार बेलायत आइतबार आइपुग्नेछन् ।

३३ वर्षीय उरुग्वेका खेलाडी र युनाइटेडबीच छलफल भइरहेको तर तत्काल कुनै सहमतिमा भने पुगिनसकेको बताइएको छ । यद्यपि, उनले क्लबसँग २ वर्षको करार गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

गत जुनबाट पीएसजीसँग उनको करार सकिएको थियो । नेयमारसँग सम्बन्ध चिसिए पछि क्लब छाडेका उनले आफूसँग युरोपिन फुटबललाई अझै धेरै दिन बाँकी रहेको बताएका छन् । सम्झौतालाई अन्तिमरुप दिन उनी र क्लबका अधिकारीहरुबीच प्रत्यक्ष छलफल हुनेछ ।

कभानीले विभिन्न क्लबका लागि ५५६ खेलमा ३४१ गोल गरेका छन् । पीएसजीका लागि उनले ३०१ खेलमा २०० गोल गरेका छन् । उरुग्वेका लागि उनले ११६ खेलमा ५० गोल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!