बिहिबार, माघ ०२, २०७६ || 1133  पटक पढिएको

हिपमत डटकम काठमाडौं, २ माघ प्रदेश  २ सरकारको गठबन्धन परिवर्तन हुने भएको छ । राजपा र समाजवादी पार्टीबीच गठबन्धन रहेको प्रदेश नम्बर २ को सरकारमा अब नेकपा सहभागी हुने बुझिएको छ ।राजपा नेपालका महामन्त्री तथा प्रदेश सांसद मनिष सुमनले प्रदेश नम्बर २ को सरकार अब नेकपा र राजपा नेपालबीचको गठबन्धनमा बन्ने विश्वास व्यक्त गरे । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । उनले प्रदेश नम्बर २ को सरकार पछिल्लो समय भ्रष्टाचारको दलदलमा फसेको र निकम्मा भएको आरोप लगाए ।मुख्यमन्त्री लालबाबु राउतले काम नै गर्न नसकेको उनको आरोप छ । उनले अब नेकपा र राजपा नेपालबीच नयाँ गठबन्धन बन्न सक्ने खुलासा गरेका गरे । यसको लागि राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नयाँ गठबन्धन बनाउने गृहकार्य सुरु गरिसकेको पनि स्रोतको दाबी छ । राजपा र नेकपाको गठबन्धन बने अहिले भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने लगभग निश्चित् छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!