शनिबार, आश्विन १७, २०७७ || 580  पटक पढिएको

दशकौ पछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि आज संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तयारी उडानको शुभारम्भ गरे । मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि त्यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए ।

प्रदेशका पहाडी जिल्लाको विमानस्थलमा प्राविधिक दृष्टिले उडान सम्भव भए÷नभएकोबारे अध्ययन गर्नका लागि मन्त्रालयको एक टोलीसमेत आएको थियो । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यी तीन जिल्लामा उडान सञ्चालन गर्न लागेको बताइएको छ । केही हप्तादेखि उक्त विमानले नेपालगञ्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जसम्म चार्टर्ड उडान गरिरहेको छ । बैतडी, बझाङ, डोटी जिल्लामा रहेका विमानस्थलको स्तरोन्नतिको काम पूरा भएसँगै हवाई सेवा शुरु गर्ने पहल भएको हो ।

विमानस्थल उद्घाटन गरिएसँगै त्यहाँका पहाडी जिल्लामा निमियतरूपमा जहाज चल्नेमा त्यहाँका स्थानीयवासी निकै खुशी भएका छन् । प्रदेशका पहाडी जिल्लामा गम्भीर बिरामी हुने व्यक्तिलाई तत्काल उपचारका लागि चर्को भाडामा हेलिकप्टर अथवा जहाज चार्टर्ड गरेर सुविधा भएका अस्पतालसम्म पु¥याउनुपर्ने बाध्यताको अब अन्त्य हुने उनीहरुके विश्वास छ । समयमै उपचार नपाई कतिपयको मृत्युसमेत हुने गरेको अवस्थामा धनगढी विमानस्थलबाट पहाडी जिल्लाका विमानस्थलमा शुरु भएको हवाई सेवाले ठूलो राहत हुने भन्दै स्थानीयवासी खुशी देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!