खबर ठुलो छ

प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बुटवलमा अनेक प्रतिकृया सार्वजनिक भएका छन् । बिपक्षी बिद्यार्थी संगठनहरु सडकमा उत्रिएका छन भने सरकार निकट ब्यवसायिक संगठनहरुले आपत्ति जनाएका छन् ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवलाल सुवेदीले प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने संवैधानिक व्यवस्था रहेकोले जनताबाट निर्वाचित सांसदहरुले गर्ने निर्णय जनताकै पक्षमा हुने प्रतिक्रिया दिए।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रदेश राजधानी दाङमा राख्ने प्रस्तावले नेपाली कांग्रेस रुपन्देही स्तब्ध वनेको बताए।राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले प्रदेशको नाम लुम्विनी राख्नुपर्ने आफूहरुको माग अनुसार नाम प्रस्ताव गरिएकोमा खुसी ब्यक्त गरे ।

जनता समाजबादी पार्टीकी केन्द्रिय सदस्य तथा प्रदेश ५ प्रदेश सभा सदस्य कल्पना पाण्डेले आफ्नो पार्टीले छलफल गरेर मात्र औपचारिक धारणा वनाउने बताए ।प्रदेश सभामा प्रदेशको राजधानी दाङ राख्ने प्रस्ताव भएकोमा संभावित विरोधको अवस्थालाई दृष्टिगत गर्दै बुटवलमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकरात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै प्रदेशकै समस्या हल भएको बताए ।

नेपाली काँग्रेस दाङका सभापती कृतिवहादुर खड्काले प्रदेश सरकारले दाङ राजधानीको लागि प्रस्ताव गरेमा खुसी व्यक्त गर्दै राजधानी भयो भनेर हौसिने भन्दा प्रदेशवासी एक भएर लाग्नुपर्ने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

शनिबार, आश्विन १७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया