भारतको उत्तरप्रदेश राज्यको हाथरसमा भएको सामूहिक बलात्कार हत्याप्रकरणमा यूपी सरकारले प्रशासन विरुद्धको कार्वाही सुरु गरेको छ । सरकारले हाथरस क्षेत्रका अधिकांश प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार यूपी सरकारले सो क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टर र अन्य अधिकारीहरुलाई निलम्बन गरिदिएको छ ।

निलम्बित हुनेहरुमा एसपी विक्रान्त वीर, सीओ राम शब्द, इन्स्पेक्टर दिनेशकुमार वर्मा, एसआई जगवीर सिंह लगायत रहेका छन् । शुक्रबार साँझ उत्तर प्रदेशका मुख्यमन्त्री योगी अदित्यनाथको निर्देशनमा उक्त एक्सन लिइएको हो । सो प्रकरणका पीडित परिवारलाई न्याय दिनुपर्ने दबाबसहित शुक्रबार दिल्लीको जन्तरमन्तरमा व्यापक विरोध प्रदर्शन भएको थियो । उक्त विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सामाजिक अभियन्ता र मानवअधिकारवादीहरुको सहभागिता रहेको थियो । दिल्ली लगायत अन्य थुप्रै शहरमा प्रदर्शन भएका खबरहरु आएका छन् ।

मुख्यमन्त्री योगीले उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पुरै नास हुने निश्चित भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्ः ‘उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पुरै नास हुने निश्चित छ । उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ । तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ ।’

गत सेप्टेम्बर १४ मा उत्तर प्रदेशको हाथरस इलाकामा रहेको एउटा गाउँकी १९ वर्षीय किशोरीमाथि ४ जनाले सामूहिक रुपमा बलात्कार गरी भौतिक आक्रमण गरेका थिए । ती युवतीको उपचारका क्रममा सेप्टेम्बर २८ मा दिल्लीमा मृत्यु भएको थियो । घटनामा संलग्न सबैलाई प्रहरीले पक्राउ गरेको छ । तर प्रहरीले सो घटनालाई ढाकछोप गरी उल्टै दोषीलाई जोगाउन लागेको आरोप विभिन्न राजनीतिक दलहरुले लगाइरहेका छन् । बिहीबार सो घटनाका पीडित परिवारलाई भारतीय कांग्रेसका नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी भेट्न जाँदा प्रहरीसँग झडपसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!