शुक्रबार, आश्विन १६, २०७७ || 804  पटक पढिएको

विराटनगरका सबैभन्दा ज्येष्ठ साहित्यकार हुन् रमाप्रसाद रिजाल । उमेरले ज्येष्ठ भए पनि रिजालको जोश जाँगर भने युवाको भन्दा कम छैन । ९३ औं वसन्त पार गरिसक्दा पनि रिजालको सक्रियतामा कमी आएको छैन । अझै पनि प्रेम प्रणयका गजल, कविता लेखनमा आएको छैन कमी । रिजालको साहित्यप्रतिको सक्रियताको सम्मान गर्दै विराटनगरका साहित्यकारहरुले उनकै घरमा साहित्य गोष्ठी गरेका छन् । रिजालको सम्मानमा आयोजित गोष्ठीमा स्रष्टाहरुले कविता, गीत, गजल सुनाए । यसरी सिर्जना सुनाउनेहरुमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, रामबाबु दाहाल, मधु पोखरेल, मीनकुमार नवोदित, लोचन रिजाल, लक्ष्मी पोखरेललगायत थिए ।
कविता वाचन हुनुभन्दा अगाडि रिजालको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै माला लगाइदिएर सम्मान गरिएको थियो । रिजाल स्वतन्त्रता सेनानी र समाजसेवी पनि हुन् । उनका विभिन्न कृति प्रकाशित छन् । “यो राम्रो अभियान सुरु भएको छ,” प्राज्ञ विवश पोखरेलले भने, “अन्य ज्येष्ठ नागरिकको घरमा पुगेर यस्तो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।” यो अभियानलाई साहित्यकार मात्रै नभएर अन्य क्षेत्रका ज्येष्ठ नागरिकको घरमा पनि गर्नुपर्नेमा प्राज्ञ दधिराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!