शुक्रबार, आश्विन १६, २०७७ || 785  पटक पढिएको

नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वोच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.को संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको अधिवक्ता सुरेन्द्र थापाले जानकारी दिए ।अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुने अधिवक्ता थापाले जानकारी दिए ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उनी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले सांसद बन्न नपाउने भन्दै असोज ६ गते सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले ‘गम्भीर संवैधानिक बहस जरुरी भएकोले’ गौतमलाई थप जिम्मेवारी नदिनु भन्दै असोज ७ गते अन्तरिम आदेश दिएका थिए । साथै भट्टराईले दुवै पक्षलाई १४ गते उपस्थित हुन आदेश गरेका थिए ।

भट्टराईको आदेश अनुसार १४ गते प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा. ले आफ्नै नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, हरीकृष्ण कार्की, विश्म्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा रहेको संवैधानिक इजलास गठन गरेका थिए । यही इजलासमा निवेदक तर्फका वरिष्ठ अधिवक्ता, अधिवक्ताहरुले बहस गरेका थिए भने सरकारी वकिलहरुका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र सहन्यायाधिवक्ता श्याम भट्टराईले बहस गरेका थिए । यसपछि उक्त मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

आज ११ बजेतिरबाट बहस सुरु भएको थियो । सरकारी वकिलहरुका तर्फबाट नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे र सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहस गरेका थिए । यसपछि गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए । असोज २१ गते गौतम र पार्टीका कानुन व्यवसायीले बहस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!