भारतका बहुचर्चित संचारकर्मी अर्णव गोस्वामीले चलाएका बहस कार्यक्रम अहिले सामाजिक संजालमा मिश्रित प्रतिक्रिया बटुलिरहेका छन् । अतिथीलाई बहसमा बोलाएर आफू नै हाबी हुने गरेको र आफ्नो तर्क मात्र सहि भन्ने तरिकाले प्रस्तुत भएको भन्दै अहिले भारतीयहरुले आलोचना गर्न थालेका छन् । नायक सुशान्त राजपुतको अनुसन्धानलाई अर्णव गोस्वामी र उनको संचारगृह रिपब्लिक टिभीले तहल्का मचाएकाे छ । सुशान्तलाई न्याय दिन्छौ भन्दै अर्णवले गत एक महिना देखि विभिन्न वहस चलाउनेदेखि यस अनुसन्धानमा को कहाँ गए र के भने भन्ने कुरा देखाउंदै आइरहेका छन् । यहि क्रममा अर्णवले चलाएका वहसहरु समेत आलो चीत बनेका छन् ।
अहिले भारतीयहरुले सामाजिक संजालमा अर्णवको धन सम्पती देखि कत्ति कमाउछन ? अर्णवले आफ्नै मिडिया खोलेर अहिले आफू हाबी हुने गरि कार्यक्रमहरु चलाईरहेका छन् र आफ्नै भएकाले अर्णवले कहिले काहीं हद भन्दा बढी नागेर कार्यक्रम चलाउने गरेको आ रो प खेपिरहेका छन् ।
अर्णव गोस्वामीले २०१५ देखि करोडको हाराहारिमा कमाउन थालेको र यहि समय देखि नै हो उनको शोहरु चर्चित हुन थाले
चार्टड एकाउण्टेण्ट नलेजले प्रकाशित विवरण अनुसार अर्णव गोस्वामीले अहिले मासिक एक करोड भारतीय रुपैयाँ कमाउने गरेका छन् । आफ्नै संस्था भएका कारण उनको तलब र सेयर बाफत एक करोड बढि कमाउने गरेका छन् । रिपोर्टका अनुसार अर्णव गोस्वामीले २०१५ देखि करोडको हाराहारिमा कमाउन थालेको र यहि समय देखि नै हो उनको शोहरु चर्चित हुन थालेको थियो । अर्णव गोस्वामीले आफ्नो संचारगृह खोले पश्चात चलाएका वहसहरु बढी विवादित बन्न थालेका हुन् ।
कमाईसंगै अर्णव गोस्वामीमाथी सुरक्षाको जोखिम पनि रहेको बताउदै आइरहे
विवादित भएसंगै अर्णवको कमाई पनि बढ्दो देखिएको छ । २००९ मा किनेको घरमा अर्णव गोस्वामी आफ्नो परिवारसंग बस्दै आएका छन् । १४ करोड मूल्य रहेको घरमा बस्दै आएका छन् भने डेढ करोडको गाडि चढ्ने गर्छन । अर्णव गोस्वामीसंग दुई वटा महँगा गाडि छन् । आफ्नो व्यावसायी साथी राजीव चन्द्र शेखरसंग मिलेर रिपब्लिक टिभी स्थापना गरेका हुन् ।
कमाईसंगै अर्णव गोस्वामीमाथी सुरक्षाको जोखिम पनि रहेको बताउदै आइरहेका छन् । अर्णव माथी धेरै उजुरीहरु समेत परेका छन् साथै उनी माथी कयौं पल्ट हमला समेत भएको छ ।