शुक्रबार, आश्विन १६, २०७७ || 467  पटक पढिएको

झापा कचनकवल-१ बगान एरिया र गौरीगंज गाँउपालिका-२ दासचौरीबाट तिन भारतिय नागरिक लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन ।

हिजो दिउसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई प्लाष्टिकमा उनले लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन । उनिहरुलाइ दासचौरी स्थितमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना भारतिय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!