शुक्रबार, आश्विन १६, २०७७ || 907  पटक पढिएको

प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाढीबाट वर्षेनी ठूलो धनजनको क्षति पु¥याउँदै आएको बलान नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले कटान गरेको स्थलहरुको आज स्थलगत अध्ययन तथा निरीक्षणपछि आयोजित समारोहमा उनले बलान नदीबाट हुने कटान र डुबानको समस्या समाधानका प्रदेश सरकार स्रोतसाधनले भ्याएसम्म प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“प्रदेश सरकारले सक्ने जति तत्काल बजेट उपलब्ध गराएर नदी नियन्त्रण गर्छ” उनले भने, “प्रदेश सरकारले नसक्ने भए सङ्घीय सरकार र अन्य निकायलाई गुहारेर भएपनि नदी नियन्त्रण गरेरै छाड्छौं ।” बाढीबाट हुने कटान र डुवानबाट अब कुनै पनि बस्तीलाई जोखिममा पर्न नदिने उनको भनाइ छ ।

अध्ययन तथा निरीक्षण टोलीमा प्रतिनिधिसभा सदस्य रेणु यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव र प्रदेशसभा सदस्य अभिषेक यादवलगायत थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!