खबर ठुलो छ

भारतको युपी प्रहरीले कांग्रेस नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी लगायत २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पुलिसले उनीहरुविरुद्ध महामारी ऐन अन्तर्गत मुद्धा दर्ता गरेको हो । नेता र कार्यकर्ताहरुविरुद्ध पुलिसले संविधानको धारा २७०(संक्रमण फैलिने सम्भावनाका बीचमा जानीजानी घातक क्रियाकलाप गरेको), धारा १८८ अन्तर्गत( सरकारी आदेशको उल्लंघन) र महामारी ऐन अन्तर्गत मुद्धा चलाइएको हो ।

उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा राहुल र प्रियंकालाई प्रहरीले रोक्न खोज्दा भएको झडपमा उनीहरु गिरफ्तार भएका थिए । सो झडपमा नेता राहुल जमिनमा ढल्न समेत पुगेका थिए । झडपमा अन्य कार्यकर्ताहरु समेत घाइते भएका थिए । नोएडा एक्सप्रेसवेमा भएको झडपपछि प्रहरीले कांगेस नेता र कार्यकर्ताले कोरोना महामारी चलिरहेका बेला राज्यको नियम उल्लंघन गरेको आरोप लगाएको छ ।

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया