बिहिबार, आश्विन १५, २०७७ || 970  पटक पढिएको

रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले आफूलाई विष दिइनुमा राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको बताएका छन् । एक जर्मन म्यागेजिनसँगको कुराकानीमा उनले गत अगष्ट महिनाको अन्तिममा उनलाई दिइएको विषबारे बाल्दै यस्तो बताएका छन् । उनले यो घटनाबाट पनि आफू विचलित भने नभएको बताएका छन् ।

गत अगष्टमा विष दिइएपछि नाभाल्नीलाई आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । सेप्टेम्बरमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । म्यागाजिनसँगको कुराकानीमा उनले भने, ‘यो अपराधमा पुटिनको हात थियो भनेर म दाबीका साथ भन्न सक्छु र अरु के भएको थियो भनेरचाहिँ मलाई केही पनि थाहा छैन ।’

नाभाल्नीलाई विष दिइएको घटनाबारे पश्चिमा मुलुकहरुले विस्तृत जानकारी सार्वजनिक गर्न माग गरेका छन् । रुसले भने अहिलेसम्म यो घटना आपराधिक जस्तो नदेखिएको बताउँदै आएको छ ।

नाभाल्नीले आफू पुनः रुस फर्किने बताएका छन् । उनले आफूलाई कुनै पनि डर नरहेको बताएका छन् । डाक्टरहरुले सामान्य अवस्थामा फर्किन नाभाल्नीलाई अझै एक महिना समय लाग्ने बताएका छन् ।

स्रोत : अलजाजिरा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!