बिहिबार, आश्विन १५, २०७७ || 624  पटक पढिएको

दशैं–तिहारको सिजन नेपालीचलचित्र प्रदर्शनका लागि बैंसालु समय मानिन्छ । तर यस पटक कोरोना महामारीका कारण न त हल मालिकहरू ‘चलचित्र ल्याऊ, म देखाउँछु’ भनिरहेका छन्, न चलचित्र निर्माताले ‘हल खोल, म चलचित्र दिन्छु’ भनेको नै सुनिएको छ । आमनागरिकले कोरोनासँग बाँच्ने मनस्थिति बनाइरहेको सन्दर्भमा पनि यो सुस्ती किनरु
यस सुस्तीलाई तोड्न अघि सरेको छ– ‘चलचित्र विकास बोर्ड ।’ अब प्रदर्शनमा आउने नेपाली चलचित्रको प्रचार सामग्री छपाइदेखि भीभीपीसी र इन्कोडिङजस्ता प्राविधिक कार्यसम्म बोर्डले गरिदिने भएको छ।

कोरोना महमारीका कारण सात महिनादेखि ठप्प हुन पुगेको नेपाली चलचित्र क्षेत्रलाई अगाडि बढाउन बोर्डले प्रचार सामग्री छपाइदेखि इन्कोडिङसम्म गरिदिने भएको हो। बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार कोरोना महमारीका कारण ठप्प हुन पुगेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डले सघाउन लागेको हो। उहाँका अनुसार आगामी ६ महिनासम्म प्रदर्शनमा आउने नेपाली चलचित्रको पोस्टर र स्टिकर छपाइदेखि भीभीपीसी र इन्कोडिङ गर्ने कार्यसम्म बोर्डले सहजीकरण गर्नेछ।

‘कोरोनाका कारण ७ महिनादेखि यो क्षेत्र ठप्प छ। यो विकराल समयमा रिलिजमा आउने फिल्मलाई प्रोत्साहित गर्दै चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डले भूमिका खेल्नेछ। यसका लागि पब्लिसिटी डिजाइन प्रिन्ट गर्न र भीभीपीसी तथा इन्कोडिङ गर्न सम्बन्धित संस्थासँग बोर्डले समन्वयकारी भूमिका खेल्नेछ। नभए आपैmले खर्च गरेर सघाउनेछ’, दाहालले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘जतिसक्दो चाँडै सिनेमा हल खोल्न र छायांकन कार्य खुलाउन नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघसहित बोर्डले सीसीएमसी बोर्डलाई अनुरोध गरेको छ। उहाँहरू चाँडै हल खोल्ने वातावरण बनाउन सकरात्मक हुनुहुन्छ। तर हल खुलिहाले पनि दर्शकलाई हलमा आउन सुरक्षित छ भन्ने विश्वास दिलाउनु जरुरी छ। त्यसका लागि सघाउन बोर्ड अगाडि सरेको हो। तर यस्तो सहयोग शुरूको ६ महिनाका लागि हुनेछ।’

यसबाहेक बोर्डले प्रदर्शनमा आउने चलचित्रको प्रचार प्रसारमा पनि सघाउने दाहालले जानकारी गराउनुभयो। ‘चलचित्र चलाउन केही साता प्रचार गर्नु जरुरी छ। त्यसका लागि बोर्डले सरकारी मिडियामा ५० प्रतिशत छुटमा चलचित्रको प्रचार प्रासार गर्ने सकिने व्यवस्था मिलाएको छ। नेपाल टेलिभिजिनमा चलचित्रको विज्ञापन गर्ने चलचित्रले ५० प्रतिशत छुट पाउनेछन्। रेडियो नेपाल र गोरखापत्रमा पनि कुरा भइरहेको छ। यसबाहेक अन्य निजी टेलिभिजनमा पनि कुरा भइरहेको छ।’ –दाहालले जानकारी गराउनुभयो।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कोरोना महामारीले थला परेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन बोर्डको यो सहयोगले महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो। अधिकारीले सिनेमा घर र चलचित्रको छायांकन कार्य खुलाउन सीसीएमसी बोर्डबाट सकरात्मक जवाफ पाएकाले दशैंका लागि हल खुल्ने आशा पनि व्यक्त गर्नुभयो। तर हल खुल्नासाथ दर्शक आउने सम्भावना कम भएकाले यसखाले सुविधाका लागि आप्mनो संघले माग गरेको बताउनुभयो। ‘हल खुलिहाले पनि दर्शक आइहाल्ने सम्भावना कम छ। त्यसैले यस्तो सुविधा आवश्यक छ। ह्ल खुल्नेबित्तिकै निर्माताले फिल्म दिनुपर्छ भन्ने छैन। दर्शक एकपटक हलबाट निस्किसकेपछि फेरि जान्छन् भन्ने छैन। तसर्थ चलचित्र क्षेत्रलाई चलायमान बनाउ यस्तो सुविधाले भूमिका खेल्नेछ भन्ने विश्वास हाम्रो छ।’ –अधिकारीको भनाइ रहेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!