बुधबार, आश्विन १४, २०७७ || 530  पटक पढिएको

नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् ।  नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।

जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । उनले नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने दावी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!