मंगलबार, आश्विन १३, २०७७ || 820  पटक पढिएको

सिरहाको मिर्चैया नगरपालिका– ३ राघोपुर आधारभूत विद्यालयको नवनिर्मित दुई कोठे भवन गएराति तोडफोड भएको छ । नव निर्मित दुई कोठे भवन भत्किएपछि विद्यालयमा भर्खरै सुरु भएको पठनपाठन प्रक्रिया अवरुद्ध भएको छ ।

गएराति खगेश्वर गोहिबार यादव नेतृत्वमा आएका समूहले बन्दै गरेको दुई कोठे भवनलाई भत्काइदिएको विद्यालयका प्रधानाध्यापक देवशंकर यादवले आरोप लगाएका छन् । भवन भत्काएपछि भौतिक सामाग्रीहरु विद्यालय चौरमा छरपस्ट अवस्थामा छ । विद्यालयमा तोडफोड गर्ने समूहको खोज तलास गरी कडा कार्वाही गर्नुपर्ने माग स्थानीयहरुको रहेको छ ।

केही दिनअघिदेखिको विद्यालय व्यवस्थापन समितिको आपसी विवादका कारण भवन भत्काइएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको छानविन भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाइएको छ ।
मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले विद्यालय क्षेत्रमा भएको घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई कडा कार्वाहीको दिशामा आफू अगाडि बढ्ने वताए । शिक्षा मन्त्रालय अन्तर्गत सशर्त बजेट अन्तर्गत मिर्चैया नगरपालिकाको शिक्षा शााखाको करिव १६ लाखको लागतमा उक्त दुई कोठे भवन निर्माण भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!