मंगलबार, आश्विन १३, २०७७ || 865  पटक पढिएको

लागुपदार्थ मामिलामा मुछिएपछि बलिउड अभिनेत्री दीपिका पादुकोणसँग केही दिन अगाडि नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी) बयान लिएको थियो।एनसिबीबाट बयानका लागि उपस्थित हुन आदेश भएपछि दीपिका गोवामा जारी एक सिनेमाको सुटिङ छोडेर चाटर्ड विमान चढेर मुम्बई आएकी थिइन्।

आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा लागुपदार्थ प्रयोगको भएको पाएपछि सुरु भएको अनुसन्धानमा दीपिकाको एक ह्वाट्सएप च्याटमा ‘विड'(गाँजा), ‘ह्यास'(चरेश) जस्ता शब्दहरूको प्रयोग भएको भेटिएपछि एनसिबीले उनलाई बयानका लागि बोलाएको थियो।

बयान दिन पुगेकी दीपिकालाई एनसिबीका अधिकारी सिधैं ‘माल के हो?’ भनेर सोधेका थिए। सन् २०१७ मा गरिएको ह्वाट्स एप च्याटमा दीपिकाले यसैगरी ‘माल छ?’ भनेर सोधेकी थिइन्। ‘हो, मैले माल छ भनेर सोधेको थिएं तर यो तपाईंहरूले भनेको माल होइन। हामी चुरोटलाई माल भन्छौं। माल चुरोटको सांकेतिक भाषा हो’, दीपिकाको जवाफ थियो। त्यसैगरी उनले बयानका क्रममा ‘ह्यास’ र ‘विड’ पनि विभिन्न प्रकारका चुरोटका लागि प्रयोग गर्ने बताइन्। जसअनुसार ‘ह्यास’ भनेको मोटो आकारको एक सिगरेट हो भने ‘विड’ पातलो आकारको चुरोट हो।

बयानमा दीपिकाले लागुपदार्थको प्रयोगलाई पुर्णरूपमा अस्वीकार गरेकी थिइन्। यसैगरी बयानका क्रममा दीपिकाले कयौं सांकेतिक शब्दहरूको बारेमा खुलासा गरेकी छन् जसमा दुई वटा शब्द रोचक छन्। ती शब्दमा एउटा शब्द ‘पनीर’ हो भने दोश्रो ‘क्विकी एण्ड म्यारिज’ हो। दीपिकाका अनुसार ‘पनीर’को अर्थ दुब्लो पातलो मान्छेलाई जनाउ दिने शब्द हो।

यस्तै ‘क्विकी एण्ड म्यारिज’ शब्दले दुई व्यक्तिको सम्बन्धलाई संकेत गर्छ जसमा ‘क्विकी’को अर्थ छोटो समयको प्रेमसम्बन्ध हो ‘म्यारिज’को अर्थ लामो समयको प्रेमसम्बन्ध हो। दीपिकासँगै सो दिन उनी म्यानेजर करिश्मासँग पनि सोधपुछ गरेको थियो। उनलाई पनि ‘माल’, ‘ह्यास’को बारेमा सोधिएको थियो। करिश्माले पनि दीपिकाले दिएको जवाफ नै दिइन्।

त्यसमाथि थप जाँच गर्न सोधपुछ टोलीले एउटा मोटो र अर्को पातलो चुरोट राखेर एउटा सादा कागजमा तीनको नाम लेख्न लगाएको थियो जसको जवाफ करिश्माले सही ढंगले लेखिन्। लागुपदार्थ प्रयोग गरेको पुष्टि गर्न एनसिबीसँग ठोस प्रमाण छैन। यही कारणले गर्दा उनीहरू यसमा थप सोधपुछ गर्न असमर्थ छन्। एनसिबी सुत्रका अनुसार दुबैले दिएको एउटै जवाफको अर्थ दुबै जना राम्रो पूर्व तयारी गरेर आएका थिए जसका कारण जवाफ फरक भएन।

सुत्रका अनुसार सोधपुछका क्रममा एनसिबीको कार्यालय पुग्दा दीपिका एक-डेढ घण्टा हतास देखिएकी थिइन्। त्यसपछि भने उनी सामान्य हुँदै गएकी थिइन्।
दीपिकासँग एनसिबीले झण्डै साढें तीन घण्टा सोधपुछ गरेको थियो। सोधपुछ पछि घर जान सक्ने जानकारी दिएपछि दीपिकाले राहतको सास लिएकी थिइन्।
त्यसपछि दीपिकाले एसनसिबीका अधिकारीसमक्ष दबिएको स्वरमा ‘भोलि फेरि आउनुपर्छ?’ भनेर सोधेकी थिइन्।जवाफमा अधिकारीले ‘हाललाई तपाईंको आवश्यक्ता छैन। आवश्यक परेमा बोलाउनेछौं’ भनेर दिएका थिए। जवाफ सुनेपछि उनले राहतको स्वास लिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!