मंगलबार, आश्विन १३, २०७७ || 893  पटक पढिएको

गण्डकी प्रदेश सरकारले आफ्नै लगानीमा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने भएको छ । पोखरा–३३ भरतपोखरीको पशुपतिघाटमा १ अर्ब ६३ करोड रुपैयाँको लगानीमा रंगशाला निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रदेश सरकारले तयार गरेको हो ।

पोखरा–३३ पशुपतिघाटमा प्रदेश सरकारले बनाउने भनेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नमुना । गत आर्थिक वर्षमा प्रदेशले डीपीआर तयार गर्न ५० लाख रुपैयाँ छुट्याएको थियो । त्यसमध्ये १६ लाख रुपैयाँमा बीआरएस इन्जिनियरिङ सोलुसन प्रालिले ४ महिनामा डीपीआर तयार गर्‍यो । डीपीआरमा रंगशाला निर्माण गर्न १ अर्ब ६३ करोड रुपैयाँ खर्च हुने आँकलन छ ।

१ सय २३ रोपनीमा बन्ने रंगशालाको प्यारापिट क्षमता १८ हजार हुनेछ । मैदानमा टी–२०, एकदिवसीय र टेस्ट म्याच खेल्न मिल्ने गरी ७ वटा पिच बन्ने छन् । १ सय २० भीभीआईपी सिट, १ हजार २ सय भीआईपी र स्पेसल सिट, ९ सय जना खेलाडी अट्ने कक्ष, एक सय जना अट्ने मिडिया कक्ष रंगशालामा हुने छन् । ७० सवारी अट्ने भीआईपी पार्किङ, ४ सय क्षमताको गाडी पार्किङ र ६ सय वटा मोटरसाइकल अट्ने पार्किङ बनाइने डीपीआरमा उल्लेख छ ।

‘रंगशाला बनाउनुअघि जग्गा संरक्षणका लागि छुट्टै डीपीआर बनाउनुपर्छ,’ ‘त्यसका लागि जल उत्पन्न प्रकोप र भौतिक तथा पूर्वाधार मन्त्रालयका प्राविधिकको सहयोग लिन छलफल भइरहेको छ ।’

प्रालिका प्रबन्ध निर्देशक विशाल पुनमगरले काम सुरु भएर निरन्तर भइरहे ३२ महिनामा सक्ने गरी डिजाइन गरिएको बताए । प्रदेश सरकारले पशुपतिघाटको १ सय ७४ रोपनी जग्गाको भोगाधिकार गत पुसमा पाएको थियो । प्रदेशले संघबाट भोगाधिकार पाएको उक्त जग्गा नै पहिलो हो । यसअघि गत आर्थिक वर्षमा उक्त रंगशालाका लागि प्रदेशले छुट्याएको १ करोड रुपैयाँ खर्च हुन सकेको थिएन । चालु आर्थिक वर्षमा प्रदेशले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २ करोड रुपैयाँ छुट्याएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद काफ्ले डीपीआर बनेपछि रंगशाला निर्माणको बाटो खुलेको बताउँछन् । उनले रंगशालाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बनाउने प्रक्रियामा मन्त्रालय रहेको बताए । ‘चालु आर्थिक वर्षमा प्रदेशले छुट्याएको २ करोड रुपैयाँबाट जग्गा संरक्षणको काम हुन्छ,’ उनले भने, ‘सेती नदीको कटान नियन्त्रण गर्ने, तारबार गर्ने, जग्गा सम्याउने काम गर्छौं ।’

‘बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्नुपर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बिडिङमा समेत जानुपर्ने भए त्यहीअनुसार अघि बढ्न पनि छलफल चलेको छ ।’

रंगशालाको पश्चिमपट्टी सेती नदीले बर्सेनि कटान गर्छ । यस वर्ष केही बढी क्षति पुर्‍याएको काफ्लेले बताए । कटान नियन्त्रण गर्न महानगरपालिकाका २९ र ३३ नम्बर वडासँग समन्वय भइरहेको उनले जनाए । ‘रंगशाला बनाउनुअघि जग्गा संरक्षणका लागि छुट्टै डीपीआर बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि जल उत्पन्न प्रकोप र भौतिक तथा पूर्वाधार मन्त्रालयका प्राविधिकको सहयोग लिन छलफल भइरहेको छ ।’

उनका अनुसार अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि ठूलो रकम आवश्यक भएकोले स्रोत जुटाउन प्रदेश सरकारले छलफल अगाडि बढाएको छ । ‘बहुवर्षीय योजनाअन्तर्गत निर्माण सुरु गर्नुपर्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बिडिङमा समेत जानुपर्ने भए त्यहीअनुसार अघि बढ्न पनि छलफल चलेको छ ।’ बजेटको सुनिश्चितता भए ३ देखि ४ वर्षमा निर्माण सकिने उनको अनुमान छ । यता, पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा संघ सरकारले गत आवमा छुट्याएको ३ करोड रुपैयाँ खर्चै हुन सकेन ।

‘दुई मैदान हुँदा एउटामा प्रतियोगिता सञ्चालन गर्ने र त्यसलाई सहयोग पुग्ने गरी अर्कोमा खेलाडी अभ्यास स्थल बनाउन सकिन्छ,’‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रदेश सरकारको पहलले उत्साहित नै बनाएको छ’

युवा तथा खेलकुद मन्त्रालयमार्फत पेभेलियन निर्माण, भित्री तारबार, ड्रेनेज, मैदान मर्मतका लागि बजेट छुट्याइएको भए पनि खर्च नभएको हो । मन्त्रालयले गत वर्षको चैत ८ मा टेण्डर आह्वानसमेत गरेको थियो । तीन कम्पनीले टेण्डर भरेका थिए । लकडाउन सुरु भएपछि टेण्डर खुल्नै पाएन । चालु आर्थिक वर्षमा मन्त्रालयले उक्त क्रिकेट मैदानलाई २५ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय ‘भेन्यू’ बनाउन दुई मैदान आवश्यक पर्ने बताउँछन् । पोखरा रंगशालाको मैदानलाई समेत स्तरोन्नति गरेर अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने उनले बताए । ‘दुई मैदान हुँदा एउटामा प्रतियोगिता सञ्चालन गर्ने र त्यसलाई सहयोग पुग्ने गरी अर्कोमा खेलाडी अभ्यास स्थल बनाउन सकिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने प्रदेश सरकारको पहलले उत्साहित नै बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!