ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनिहरुले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् ।
तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशिष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।
उनीहरुले आफूहरु चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन् । जुम्लाको बसपार्कमा बेबारिसे अवस्थामा रहेका उनिहरुलाई स्थानीयको सहयोगमा स्थानीय प्रशासन र प्रहरीले अहिले अस्थायी रुपमा जुम्लाको अल्पकालीन आश्रयका लागि सेवा केन्द्रमा राखिएका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उनिहरुको ठेगाना पहिचानका लागि लागि परेका छौ । प्रहरीले जुम्लाबाट विभिन्न जिल्लामा उनिहरुको हुलिया सहित पठाएर बालबालिका हराएको भए सम्पर्कमा आउन भन्दै सञ्चार गरेको समेत जानकारी दिनुभयो ।
‘नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, हो थाहा नभएको उनिहरुले भन्ने गरेका अल्पकालीन आश्रयमा राखिएका सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले जानकारी दिनुभयो ।
जुम्ला आएकी १० बर्षिय मधुले भन्नुभयो, ‘सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको र बुवाले अर्की आमा लिएर भागेको बताउनु हुन्छ ।
उहाँका अनुसार बाबुले अर्कै बिहे गरेपछि चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा थियौ । त्यसमध्ये सबैभन्दा सानो भाई आशिष अहिले तीन वर्ष पुगेको छ । मधुका अनुसार भारतमा अहिले कोरोना फैलियो । त्यसपछि मजदुरी गर्ने ठाउँ नभएपछि नेपाल आएको उनिहरु बताउछन् ।
सबै नेपालीहरु नेपाल फर्कन थालेपछि हामी पनि नेपाल आयौ, नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका बालबालिकाहरुले जनाएका छन् । उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि उनिहरु १२ दिन भएको छ । उनिहरुको पुनस्र्थापनका लागि भने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सेफ हाउसमा राखिएको र अव कसरी अगाडि बढ्ने छलफल भईरहेको छ ।
यसैगरी चन्दननाथ नगरपालिकाले उनिहरुलाई आज सुरक्षा सामग्री बितरण गरेको छ । नगरउपप्रमुख अप्सरादेवी न्यौपानेले सो सामग्री हस्तान्तरण गर्नुभएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बहादुर महतले जानकारी दिनुभयो ।
क्याप्सन ः बेबारिसे बालबालिकाहरु तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!