सोमबार, आश्विन १२, २०७७ || 2138  पटक पढिएको

नायिका दीपिका पादुकोणले केही दिनयता कानुनी झमेला भोगिरहेकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न परिस्थितीले उनलाई कानुनी घेरामा ल्याएको हो । सुशान्तको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि दीपिका लगायत केही नायिकाको नाम यसमा मुछिएको छ ।

शनिबार बलिउडका केही नायिकासँग भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरोले बयान लियो । बयानका क्रममा नायिका साराअली खान, रकुल प्रित सिंह र श्रद्धा कपुरले आफ्नो अडान स्पष्ट रुपमा राखेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनीहरुले ड्रग्स सेवन नगरेको अडान राखेका थिए ।

तर, नायिका दीपिका पादुकोण पनि स्पष्ट अडानमा उभिन नसकेको भारतीय मिडियाले जनाएका छन् । मिडिया रिपोर्टका अनुसार, दीपिकाको बयान बारम्बार बदलिएको थियो । उनी, बयानका क्रममा रोकिएकी समेत दिइन् ।

दीपिकालाई यो घटनाले गहिरो असर पारेको भारतीय मिडियाले जनाएका छन् । शुक्रबार बेलुकी चार्टर प्लेनबाट मुम्बइ आएकी दीपिकाले आफ्ना वकिलहरुसँग छलफल समेत गरेकी थिइन् । तर, शनिबार बयानका क्रममा भने दीपिकामा आत्मविश्वास नदेखिएको बताइएको छ ।

एनसीबीले नायिकाहरुलाई अब कहिले बयानका लागि बोलाउँछ पक्का छैन । तर, कुनै पनि समयमा नायिकाहरुलाई बयानका लागि बोलाउन सक्ने दाबी भारतीय मिडियाको छ । शनिबार बलिउडका ४ नायिकाको मोबाइल समेत जफत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!