श्रीलङ्काले फोहोरले भरिएका २१ कन्टेनर बेलायतालाई फिर्ता पठाउन लागेको जानकारी दिएको छ । ती कन्टेनरमा खतरनाक वस्तु भएकोले आफूले फिर्ता पठाउन लागेको श्रीलङ्काले जानकारी दिएको छ । कस्टम अधिकारीका अनुसार उनीहरुले एक नीजि कम्पनीले पठाएका २ सय ६३ कन्टेनरमध्ये थुप्रैमा अस्पतालको फोहोर भेटिएका छन् । वास्तवमा जुन फोहोर जहाजमा चढाइएको थियो त्यसमा रिसाइक्लिङ हुनसक्ने पुराना कार्पेट, दरी, गद्दालगायतका वस्तु हुनु पर्दथ्यो । तर अधिकारीका अनुसार कन्टेनरमा प्लास्टिक र पोलिथिनको फोहोर पनि भेटिएको छ ।

श्रीलङ्काले यी कन्टेनरलाई सन् २०१८ मा जफत गरेको थियो, त्यसपछि यो मुद्दा अदालतमा गयो । त्यसपछि अधिकारीका अनुसार शनिबार यीमध्ये २१ कन्टेनर श्रीलङ्काबाट बेलायत फिर्ता पठाइएको छ । श्रीलङ्काको कस्टम विभागका प्रवक्ता सुनिल जयरत्नेले जुन कन्टेनर पठाइएका थिए त्यसमा खतरनाक फोहोर र त्यसको निष्कासनको विषयमा युरोपेली युनियन र अन्तरराष्ट्रिय कानूनको उल्लंघन भएको बताए ।

बेलायतको पर्यावरण विभागले आफूहरु फोहोरको गैरकानूनी निर्यातको विषयलाई हल गर्नका लागि प्रतिबद्ध भएको जनाएको छ । विभागका प्रवक्ताले भने, ‘हामी श्रीलङ्काको अधिकारीको सम्पर्कमा छौं र हामीले उहाँहरुबाट थप जानकारी मागेका छौं ता कि आधिकारिक अनुसन्धान सुरु हुन सकोस् ।’ यो क्षेत्रका अन्य थुप्रै देशले पनि विदेशबाट आयात भएको फोहोर फिर्ता गर्न सुरु गरेको छ । जनवरीमा मलेसियाले यस्तै प्लास्टिकका अवैध फोहोरको ४२ कन्टेनर फिर्ता पठाएको थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!