सोमबार, आश्विन १२, २०७७ || 983  पटक पढिएको

अमेरिकी राष्ट्रपतिको चुनावी प्रचार चलिरहेका बेला रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि विवादमा तानिएका छन् । पछिल्ला १५ वर्षमध्ये १० वर्षसम्म उनले कुनै आयकर नतिरेको खुलासा भएको हो ।  न्युयोर्क टाइम्समा प्रकाशित ट्रम्पले २०१६ र २०१७ मा केवल ७ सय ५० अमेरिकी डलर भुक्तान गरे । २०१६ मा उनी राष्ट्रपतिको दौडमा थिए । राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति २ दशमलव १ अर्ब डलर छ । कोरोना महामारीले उनको सम्पत्तिमा एक अर्ब डलरले कमी आएको छ । ट्रम्पले आयकरलाई गोप्य राख्दै आएका छन् । न्युयोर्क टाइम्समा प्रकाशित समाचारको पनि ट्रम्पले खण्डन गरेका छन् । उनले कर भुक्तान गरिरहेको दाबी गरे, यद्यपि कुनै विवरण दिएनन् । ‘मैले आयकर तिरेको छु र चाँडैं यसलाई तपाईले मेरो आयकर रिटर्नमा देख्नुहुन्छ । अहिले यसबारे अडिट चलिरहेको छ र लामो समयदेखि अडिट भइरहेको छ,’ उनले भने । ट्रम्प संगठनका वकिल एलन गार्टनले पनि न्युर्योक टाइम्समा प्रकाशित समाचारमा सही तथ्य नरहेको बताएका छन् । यता, न्युयोर्क टाइम्सले दुई दशकभन्दा बढी समयको आयकर रिटर्न तथ्य हात पारेपछि यो समाचार बाहिर ल्याइएको जनाएको छ । यस समाचारले ट्रम्पलाई ठूलो धक्का दिनसक्ने अनुमान लगाइएको छ, किनकि मंगलबार राष्ट्रपति पदका उम्मेदवारहरुबीच प्रेसिडेन्टल डिबेट हुँदैछ । आगामी ३ नोभेम्बरमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!