आइतबार, आश्विन ११, २०७७ || 493  पटक पढिएको

डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिका भद्रपुर अन्तरगतका सामुदायिक तथा निजि विद्यालयहरुमा आइतबारबाट पठनपाठन सुरु गरिएको छ ।
अजयमेरुका ३० वटा सामुदायिक विद्यालयहरु र २ वटा निजी विद्यालय गरी ३२ वटा विद्यालयहरुले सामाजिक दुरी कायम गरि स्वस्थ्य सतर्कता अपनाउँदै पठन पाठन सुरु गरेको अजमेरु गाउपालिका शिक्षा शाखा प्रमुख हरिप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तारिय वैठकवाट पारित निर्णय अनुसार विधार्थी सिकाई सहजीकरण निर्देशिकाको दफा ३३ को उपदफा २ लाई आधार मानि विद्यालयहरुमा पठन पाठन सुरु गरेका छौँ ।
दुई पटक अभिभावकहरुसंग छलफल गरी उहाँहरुकै सहमति र सहयोगमा विद्यालय संचालन गरेको भद्रपुर माध्यामिक विद्यालय भद्रपुरका प्रध्यानाध्यापक हेमराज पाण्डेयले बताउनुभयो । प्रध्यानाध्यापक पाण्डेयका अनुसार विद्यालय संचालन भएको पहिलो दिनमा विद्यार्थीहरुलाई कोभिड–१९ का विषयमा स्वास्थ्य संस्थाका कर्मचारीहरुमार्फत जानकारी गराईएको छ । पठन पाठनका लागि आउने विद्यार्थीहरुलाई विद्यालयको गेटमा पुग्ने वित्तिकै साबुन पानिले हात हुन लगाउने, एउटा बेन्चमा दुई जना राख्ने राख्ने गरिएको छ भने अभिभावकहरुले विद्यार्थीहरुका लागि आवश्यक पर्ने खाजा तथा पानि घरघरबाटै पठाउनु पर्ने व्यवस्था गरिएको छ ।
२० जना भन्दा कम विद्यार्थी रहेका कक्षामा नियमित पठन पाठन हुने र २० भन्दामाथि विद्यार्थी भएको कक्षालाई दुई सिफ्टमा विभाजन गरि पठन पाठन सुरु गरिएको सहश्रलिङ माध्यामिक विद्यालयका प्रध्यानाध्यापक रण बहादुर ऐरलेब बताउनुभयो ।
उहाँले भन्नुभयो कक्षा दशमा ८० जना विद्यार्थीहरु रहेकाले ४ सिफ्ट बनाएका छौ २० जनालाई विद्यार्थीहरुलाई एक दिन र २० जना अर्को दिन बोलाएर पठनपाठन गर्ने व्यवस्था गरेको र विद्यार्थीहरुलाई अनिवार्य मास्क प्रयोग गराएर विद्यालय पठाउन अभिभावकहरुलाई अनुरोध गरेका छौँ ।
अजयमेरुका सवै समुदायमा अनलाईनबाट पठनपाठन गराउन सम्भव नभएको र सवै अभिभावकहरुसंग ईन्टरनेट प्रयोग गर्ने क्षमता नभएकाले सामाजिक सुरक्षा सतर्कता अपनाएर विद्यालय संचालन गर्ने निर्णय गरेको अजयमेरु गाउपालिका अध्यक्ष उमेश भट्ट विकासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!