विद्युत प्राधिकरणको जिप खोलाले बगाउँदा बेपत्ता परेका फ्युज शाखा प्रमुख कृष्ण पौडेल मृत फेला परेका छन् । पौडेलको शव शुक्रबार दिउँसो ३ बजे बुद्धभुमि नगरपालिका २ कुटीमा फेला परेको थियो । वनक्षेत्रमा च्याउ खोज्न गएको मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए । योसँगै घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पौडेल शितगंगा ३ स्थायी ठेगाना भई हाल बाणगंगा २ जितपुर बस्दै आएका थिए ।

शव फेला परेका स्थल घटनास्थलदेखि १० किमी दक्षिण रहेको सशस्त्र प्रहरी २८ नम्बर गणका गणपति धुब्रबहादुर कार्कीले बताउनुभयो । बाणगंगा नदी किनारमा रहेका ढिस्कोमा शव अडकिएर रहेको थियो । बुधबार दिउँसो ४ बजे विद्युत मर्मत गरी फर्किंदै गरेको बेला बा १ ञ १०८९ नम्बरको जिपलाई कोइली खोलाले बगाएको थियो । बाणगंगा नगरपालिका वडा नं. ७ र ९ को सीमामा पर्ने मोतीपुर कजवे तर्ने क्रममा जिप बगाएको थियो । जिपमा सवार छ जना सवार रहेका थिए । तीमध्ये तीन जना बच्न सफल भएका थिए । विद्युतका दुई कर्मचारीसहित तीनजना जिपसँगै बेपत्ता भएका थिए ।
बेपत्ताको खोजीको लागी सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विद्युत प्राधिकरणका गोताखोर टोली प्रयोग भएको थियो । सवारी चालक माधव पाण्डेको शव बुधबार घटनास्थलमा फेला परेको थियो । शितगंगा १३ सिमलपानीका केशव भाट क्षेत्रीको शव घटनास्थलदेखि ६ किमी टाढा बाणगंगा ६ सुठौलीमा फेलापरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!