बिहिबार, आश्विन ०८, २०७७ || 911  पटक पढिएको

सुशान्त सिंह राजपुतको निधनको केस लागुऔषध मुद्दामा प्रवेश गरेसँगै बलिउडका कलाकारहरुमाथि एनसीबीले निशाना बनाइरहेको छ । लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको एनसीबीले रिया चक्रवर्तीबाट जया शाहा सम्म पुगेर सोधपुछ गरिरहेको छ । जया शाहासँग सोधपु्छ एनसीबीले गरेपछि दिपिका पादुकोणको म्यानेजर करिश्मा प्रकाशसम्म पुगेको छ ।

वास्तवमा दिपिकाको म्यानेजर करिश्मा प्रकाश ‘क्वान’ नाम को सेलिब्रिटी मैनेजमेन्ट कम्पनीमा काम गर्छिन् । यस कम्पनीले ४० भन्दा धेरै बलिउड कलाकारहरुलाई टैलेन्ट म्यानेजर उपलब्ध गराएको थियो । करिश्मा प्रकाशसँग एनसीबीले छानबिन गरिरहेको छ । उनले सोधपुछको क्रममा दिपिका पादुकोणको नाम जोडिएको छ ।

दिपिका पादुकोण र उनको म्यानेजर करिश्मा प्रकाशबीचमा भएको कुराकानीको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त च्याटमा दिपिकाको नाम ‘डि’ र करिश्माको नाम ‘के’ कोडको प्रयोग गरिएको छ । दिपिका र करिश्माबीचको ड्रग्स च्याट निकै भाइरल भएको छ । अब एनसीबीले दिपिकालाई सोधपुछ गर्न सक्ने संभावना छ । अब दिपिका २५ सेप्टेम्बरमा एनसीबी समक्ष पेश हुन सक्नेछिन् । यस विषयलाई लिएर दिपिकाको विरुद्ध केहि गम्भीर आरोपसहित मुद्दा पर्न सक्छ ।

भारतमा ड्रग्सको खरिदको विषयमा कडा कानुन र सजायहरु तोकिएका छन् । सामान्य लागुऔषध केसमा पनि कसैले कम मात्रामा प्रतिबन्धित ड्रग्स आफुसँग राखेमा १ वर्षको सजाय र १० हजार जरिवाना हुन्छ ।

नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले दिपिकाको साथै सारा अलि खान, श्रद्धा कपुर र रकुल प्रीत सिंहलाई लागुऔषध मुद्दामा सोधपु्छ गर्न बोलाएको छ । दिपिकाको म्यानेजर करिश्मालाई मंगलबार बोलाएपनि बिरामी भएकोले करिश्मा उपस्थित हुन सकिनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!