बिहिबार, आश्विन ०८, २०७७ || 710  पटक पढिएको

सुनसरीको दुहवी नगरपालिकामा दाहसंस्कार गरिएको एक महिलाको कोरोना पोजेटिभ रिर्पोट आएको छ । दुहवीमा मृत्यु भएको ६२ वर्षिया महिलाको मृत्युको तीन दिन पछि रिर्पोट कोरोना पोजेटिभ भएको आएकाले मलामीहरु त्नावमा परेका छन् । करिव ५० जना मलामी गएको र रिर्पोट पोजेटिभको खवरले तनाव भएको एक पुरुषले बताएका छन् ।

कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएपनि मृतकलाई र उनका आफन्तलाई तीन दिन सम्म थाहा नभएको बताइएको छ । कोशी अस्पतालका डा. ललित नायारायण चौधरीले महिलाको असोज ५ गते मृत्यु भएपछि स्वाव लिएको र परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जानकारी दिनुभयो । यता दुहवी नगरपालिकाको स्वास्थ्य शाखाले भने यस विषयमा बेखबर रहेको प्रतिकृया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!