बुधबार, आश्विन ०७, २०७७ || 1106  पटक पढिएको

पहिला फिल्ममा हिरो हिरोइन बन्न रंग र रुपमा खास ध्यान दिन्थे । चर्चित अभिनेता तथा अभिनेत्रीहरु पनि यसको मारमा परेका छन् । अजय देवगन जब हिरो बन्ने सोचमा हुँदा उनलाई मजाक बनाउने धेरै थिए । अजयको सामान्य खालको अनुहार थियो र उनले कहिल्यै पनि आफुलाई कमी मानेनन् । उल्टै अन्य हिरोले भन्दा धेरै सफलता हासिल गरे । फाइट मास्टर वीरु देवगनको छोरा जब फुल र कान्टे मा साइन गर्दा निर्माता निर्देशकले कस्तो हिरो लिएको भनेर भनेका थिए । फिल्म पहिलो शोबाटै फ्लप हुने आँकलन गरेका थिए ।

अजयको अनुहारको खिल्ली उडाएका थिए, तर अमिताभ बच्चनले दिएको सल्लाह सबैभन्दा सहि ठहरियो । बिग बी ले अजयको अनुहार पछाडीको अभिनेतालाई पढेका थिए । उनले अजयलाई ‘डार्क हर्स’ भनेका थिए । उनले कोही मानिसमाथि सफलतामा कुनै एकिन गर्दैनन् उहि नम्बर वान हुनेछ ।

अमिताभको भविष्यवाणी सहि साबित भयो र बिग बि को कसौटीमा अजय खरो रुपमा उत्रिए । पहिलो फिल्मबाट नै अजय देवगन बलिउडमा चर्चित बने ।

अजयको पहिलो फिल्म ‘फुल और कांटे’ यश चोपडाको ‘लम्हे’ सँगै रिलिज भएको थियो । लम्हेमा अनिल कपुर र श्रीदेवी जस्ता कलाकार थिए फिल्मलाई जमेर प्रचार प्रसार गरिएको थियो । निर्मातालाई लम्हेको वरिपरि आफ्नो फिल्म रिलीज नगर्नु भनेका थिए ।

अजयको फिल्मले कतै केहि नगरेपनि सफल भयो । त्यसपछि अजयले पछि फर्केर हेर्नु परेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!