मोडल तथा अभिनेत्री पुनम पान्डेले गएको १० सेप्टेम्बरमा सैम बाम्बेसँग गुपचुप विवाह गरेकी थिइन् । आज विवाह भएको १३ दिनमा पुनम पान्डेको वैवाहिक जिन्दगी दुखमा फसेको छ । पुनम पान्डेको पतिलाई गोवामा प्रहरीले गिरफ्तार गरेको छ ।

पुनमले आफ्नो पतिको विरुद्ध प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । सैम बाम्बेको खिलाफ शारीरिक उत्पीडन, धम्की दिने र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीलाई दिएको उजुरीका अनुसार दक्षिण गोवाको कानाकोना गाउँमा पुनम पान्डे कुनै फिल्मको सुर्टिङ गरिरहेकी थिइन् । उक्त समयमा घटना भएको थियो ।

भारतिय समाचार अनुसार कानाकोनाका प्रहरीको अनुसार पुनमलाई सैमले सोमबारको रातमा कुटपिट तथा धम्की दिएका थिए । पतिले कुटपिट गर्नुको साथै पुनमले आफुमाथि विभिन्न लान्छना लगाएको पनि बताएकी छिन् ।

पुनमले उजुरी दिएपछि प्रहरीले तुरुन्त सैमलाई गिरफ्तार गरेको छ । सैमको मेडिकल जाँच गरेपछि अदालतमा पेस गरिनेछ ।

पछिल्लो हप्तामा पुनम आफ्नो पतिको साथमा हनिमुन मनाउन गएकी थिइन् । हनिमुनको क्रममा पति सैम बाम्बेको साथमा पुनम सामान्य अवतारमा देखिएकी थिइन् । उनको सिउँदोमा सिन्दुर थियो, हातमा चुरा र गलामा मंगलशुत्र लगाएकी थिइन् । दुवैजना हनिमुन मनाउन गोवा पुगेका थिए ।

२०११ मा भारतमा क्रिकेट विश्व कप जित्दा आफ्नो नग्न तस्वीर सामाजिक सञ्जालमा राख्ने घोषणा गरेर पुनम पान्डे राता रात चर्चामा आएकी थिइन् । पछिल्लो समयमा भने पुनम यस्तो बयानबाट टाढा हुँदै गएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!