बिहिबार, माघ ०२, २०७६ || 579  पटक पढिएको

हिपमत डटकम ,
विराटनगर,2 माघ :तपाईंलाई कसैले भारतमा काम गर्ने प्रस्ताव त राखेको छैन ? छ भने सचेत रहनुहोला । छोटो समयमै धेरै पैसा कमाउने आसमा हुनुहुन्छ भने पछुताउनुपर्ला ! भारतमा खुलेका नेटवर्किङ कम्पनीले नेपाली युवायुवतीलाई ठग्दै आएको छ । पछिल्लो समय राम्रो रोजगारी मिलाइदिने आशा देखाएर नेपालबाट युवायुवतीलाई फकाएर भारत लैजाने घटना बढ्दै गएको छ ।

स्थानीय प्रशासनले चासो नदिएकाले दैनिक सयौं नेपाली युवायुवती भारत पुगेर ठगिएका छन् । यसरी ठगिएका युवायुवती सुरक्षाका डरले खुलेर बाहिर आउन सकेका छैनन् । रोजगारीको लोभ देखाएर भारतसम्म पु¥याउने काम नेपालीबाटै हुन्छ ।
उनीहरुले गाउँघरका सोझा र बेरोजगार युवायुवतीलाई कपडा कम्पनीमा लुगा मिलाउने काम दिने भन्दै भारत पु¥याएर अलपत्र पार्ने गरेका छन् । भारतको सारण जिल्ला छपरास्थित माँ लक्ष्मी इन्टरप्राइजेज नेटवर्क कम्पनीले भ्रामक प्रचार तथा आकर्षक तलबसहित जागिर दिने प्रलोभन देखाउँदै सयौं नेपाली युवायुवतीलाई ठगिरहेको खुलासा भएको छ । यो समाचार आजको राजधानी दैनिकमा एमके माझीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!