नेपाल र चिनको सिमाना लिमीको लाप्चा बगरमा रहेको ११ नम्बर सीमास्तम्भ हराएको ५ वर्ष भयो । उक्त सीमास्तम्भ हराउँदा नेपाल–चीनको सीमारेखा स्पष्ट हुन सकेको छैन । वर्षेनी ११ नं. सीमास्तम्भ खोजीको कुरा मात्र उठ्दै आएको तर पिलर हराएको ५ हुँदासम्म यसको खोजी न चिनले गर्यो न त नेपालले नै । यहि पिलर हराएको मौका छापी लिमीको लाप्चामा नेपाली भूमी अतिक्रमण गरी चिनियाँ पक्षले भवन निमाणको गरेको लिमीका स्थानीयबासिको दाबि छ । यसैको स्थलगत अध्ययनका लागि गएको नेपाली टोली बिना निष्कर्ष फकिएको छ । चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भूमी चिनिया भूमी भएको दाबी गरेको छ । नेपाली भूमि अतिक्रमण गरेर चिनिया पक्षले भवन निर्माण गरेको खबर आएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा स्थलगत अध्ययनका लागि एक टोली सम्बन्धित स्थलमा पुगेको थियो । अनुगमन र बार्ताका लागि गएका टोलीलाई चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ । भवन निर्माण भएको स्थानमा पुगेको नेपाली टोलीलाई हाम्रो भूमीमा वर्ता गर्न । मिल्दैन वर्ता गर्ने भए सिमानामा जाउ भनेर झपारेको स्थलगत अध्ययनका लागि गएको टोलीसँग लाप्चा पुगेका नाम्खा गाउपालिका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयाे । त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा रहेको १२ नम्बर पिल्लर हेर्ने हो भने भवन निर्मा गरेको भूमी हाम्रै हो । तर उनीहरूले बनाएकाे भवन स्थलदेखि । नेपालतर्फको एक किलोमिटर भुभाग हाम्रो हो भनेर चिनियाँ पक्षले दाबी गरे,’ लामाले भन्नुभयाे, ‘अहिले ११ नम्बरको पिल्लर भेटिएको छैन । ११ नम्बरको पिल्लर हराएकाले चिनियाँ पक्षले हाम्रो भूमी लिएको हो । चिनियाँ पक्षले भवन बनाएकाे ठाउँमा पहिले आफूहरूले खर्क सार्ने गरेकाे नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले सुनाउनुभयाे । उहाँले भन्नुभयाे, ‘त्यो ठाउँमा हामीले पहिला खर्क सार्ने गर्थ्याै अहिले त छिर्न पनि दिँदैनन्, अब नेपाल सरकारले ११ नम्बरको पिल्लरको खोजी गर्नु पर्छ । नाम्खा गाउँपालिका–६ लिमिको लालुङ्जोङमा रहेको स्थानमा चीनले आ.ब ०६९/७० मा एक तले ३ कोठे भवन बनाएको थियो । पछि नेपाली पक्षले नेपाली भुमीमा भवन बनाउन लागेकाे भन्दै विराेध गरेपछि उक्त भवन अहिलेसम्म प्रयोगमा नगरेको नाम्खा ६ लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयाे । अनुगमन गर्न लाप्चा पुगेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीसहितको टोलीलाई चिनियाँ पक्षले नक्सा देखाएर भवन बनाएको स्थान चीनकै । भएको दाबी गरेको भएपनि उक्त भूमी नेपालकै भएको टोलीले बताएको छ । प्रजिअसहितको टोलीमा लाप्चा पुगेर सिमकोट फर्केका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले हराएको भनिएको ११ नम्बर पिलर । नभेट्दासम्म चीनको दावी स्वीकार गर्न नसकिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पहिले दुबै देश मिलेर हराएको पिलर खोज्नु पर्छ । अनि मात्र कस्को हो यकिन हुन्छ । लिमीका स्थानियहरुले भने चिनियाँले भवन बनाएको क्षेत्र नेपालकै भएकाे दाबी गरेका छन् । उनीहरूले शक्तिको आडमा नेपालकाे भूमी अतिक्रमण भइरहेकाे बताएका छन् । लाप्चामा रहेको १२ नम्बर स्तम्भ नजिकै ललुङजोङमा चीनले संरचना निर्माण गरेपछि आइतबार नेपाली टोली बुझ्न त्यसतर्फ गएको थियो । टोलीमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र जनप्रतिनिधि सहभागी छन् । टोलीमा सहभागी नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार टोली आइतबार बिहान ११ बजे ललुङजोङ पुगेको थियो । स्रोत्:न्युज्24नेपाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!