सोमवार शेयर बजार खुले संगै शुरु भएको हलचल अर्थात बैचेनीको गतिविधि बजार बन्द हुँदा सम्म यथावत रहि रहेको अनुभव गरियो ।
सोमबार शेयर बजारको कारोबारलाई लगानीकर्ता भित्र लाभ लिने प्रवृतिको संकेत मान्न सकिन्छ । बजारमा हलचल भए तापनि दबाब जस्तो अनुभव भएन । बीच–बीचमा देखिएको लाभ लिने प्रवृतिलाई मानवीय स्वभावको रुपमा मान्न सकिन्छ ।
सोमवारको बजारमा बिक्रेताहरु बढी भएको अनुभव गरियो । खरिदकर्ताहरुको ध्यान पनि आकर्षित थियो तैपनि बढी क्षेत्रमा मन्दीको रूख देखियो । सबै क्षेत्र मिलाएर ६.८० प्रतिशतले कम भई १५६८.३८ मा बजार बन्द भयो । सोमवारको नेप्से कारोबार लगभग २.३६ अर्ब सम्म भएको थियो ।