सोमबार, आश्विन ०५, २०७७ || 792  पटक पढिएको

कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाका सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । यस वर्षको शैक्षिक सत्र सुरु भएदेखि बन्द रहेका विद्यालयहरु जनस्वास्थ्य मापदण्डको पालना गर्दै सञ्चालनमा आउन थालेका हुन् ।

जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबार (आजबाट) सञ्चालनमा आएको छ । लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको भन्दै जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिद्यालय सञ्चालन गरिएको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिए ।

जालपा माध्यमिक विद्यालयले विद्यार्थी–विद्यार्थी बीचमा भौतिक दुरी कायम गराएर पठनपाठन सुरु गरेको छ । एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर उनीहरु बीचमा करिब २ मिटरको दुरी कायम गराई माक्स अनिवार्य गराईएको शिक्षक घिमिरेले जानकारी दिए । उनले लामो समय विद्यालय बन्द हुँदा यसवर्षको शैक्षिक सत्र नै प्रभावित बनेको भन्दै अब विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

कोरोना संक्रमणको जोखिमका कारण लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढी यसको मारमा विद्यार्थीहरु परेको भन्दै अब कोरोनसँग सावधानी अपनाएर बिद्यालय सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाई छ । जिल्लाका अन्य केही स्थानिय तहहरुले पनि क्रमशः बिद्यालय सञ्चालन गर्ने नीति अगाडी सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!