निरन्तर बढेको शेयर बजार आज ओरालो लाग्याे

नेप्से का आज को गतिविधि ः हिपमतको खबर र नजर

सोमबार, आश्विन ०५, २०७७ || 1066  पटक पढिएको

निरन्तर बढि रहेको शेयर बजार हप्ताको दोस्रो दिन सोमवार कारोबारमा ब्रेक लागेको देखिएको छ । आजको शेयर कारोबार ७ अंकले झरेर १५६९ मा बजार बन्द भएको छ ।

केहि दिन देखि उकालो ओरालोमा रहेको हाइड्रो पावर क्षेत्रमा आज तल्लो स्तरबाट खरिदकर्ता झन बढी तेजी भएर खरिद गरेका छन् । बैंकिङ्ग क्षेत्रमा अहिले पनि अन्यौलताको वातावरण कायमै रहेको छ । तर, यसै बीच टेरा नेपाल बैंक लि. केहि दिन देखि निरन्तर उकालोको यात्रा गरि रहेको देखिएको छ ।

उतार चढाबका बीच आजको शेयर बजारलाई केहि सिमित दायरामा राम्रो पनि मानिएको छ । केहि सिमित खरिद विक्रि कर्ताहरुले खरिद बिक्रि पनि गरे ।

समग्रमा भन्नुपर्दा आजको बजारमा प्रोफिट बुकिङ्ग हुँदा अहिले मार्केटमा कन्सोलिडेशन देखिएको छ । जानकारहरुको अनुसार हाइड्रो पावरमा यो हप्ता पनि लगानीकर्ताहरुको आँखा रहि रहने आजको कारोबारले देखाएको छ ।

अन्तमा आजको गतिविधि अनुसार भोलीपनि यस्तै खरीदकर्ता र बिक्रीकर्ता रहि रह्यो भन्ने बाजारमा ठूलो परिवर्तन हुने संम्भावना कम नै ठानिन्छ । कदाचित् लाभ लिने लगानीकर्ताको मुडमा परिवर्तन भयो भन्ने बाजार उकालो तिर लाग्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!