नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकामाज् वाइँले ससुराको हत्या गरेका छन् । कावासोती नगरपालिका –१५, शेरगंजमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका हुन् । गएराती शेरगंज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई खुर्पा प्रहार गरी हत्या गरेको जिल्लाप्रहरी कार्यालय नवलपुरकाप्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । ज्वाइँसुवास मगरले ससुरा विष्णु राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको उहाँले बताउनुभयो ।
खुर्पाको प्रहारबाट गम्भिर घाइते हुनुभएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँणले बताउनु भएको छ । हत्यामा संलग्न सुवास मगर समेत घाइते भएका छन् ।
उनले ससुरालाई खुर्पा प्रहार गरेपछी आफैले आफैलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायवउपरीक्षक खाँणले बताउनुभयो । घाइते सुवास मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।