आइतबार, आश्विन ०४, २०७७ || 550  पटक पढिएको

बलात्कारको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकामा प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय रहेका छन् ।

२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।

ती महिलाले उपाध्यायविरुद्ध जाहेरी दिएकी थिइन् । उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको डीएसपी विष्टले बताए । उपाध्यायविरुद्ध बलात्कार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!