विराटनगर,१ माघ : बुधबारदेखि विराटनगरमा सडक महोत्सव सुरु भएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गरेका हुन । विराटनगरको महेन्द्र चौकदेखि ट्राफिक चौक जाने बाटो अर्थात हिमालयन रोडमा उक्त महोत्सवको आयोजना गरिएको छ । महोत्सवले पर्यटन भ्रमण बर्ष २०२० लाई निजी क्षेत्रबाट बिशेष सहयोग पुरयाउने लक्ष्य लिएको आयोजक संस्थाका प्रतिनिधि सन्तोस महत(सेन्ट्रो)ले बताए ।
माघ ४ गते सम्म चल्ने महोत्सवमा १ करोडको कारोबार हुने लक्ष लिएको मन्जिना मुभिज क्रिएशनका अध्यक्ष जतिन ताम्राकारले बताए । विभिन्न जातजातिको संस्कृति झल्काउने खानाका परिकारहरु एवं स्वदेशी तथा घरेलु उत्पादनका सामाग्रीहरुसहित ५० वटाभन्दा बढी स्टलहरु राखिएको छ । विराटनगरमा करिब ७ बर्ष पहिले प्रथम पटक सडक महोत्सवको आयोजना भएको थियो ।