महानगरीय प्रहरी वृत कालिमाटीले नियन्त्रणमा लिएका ४ जना आरोपी प्रहरी कार्यालयबाट भागेका छन् । गएराती सोधपुछका लागि ल्याएका ४ जना आरोपी भागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

प्रहरी घेरा तोडेर हत्कडी सहित फरार हुनेमा अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल छन् । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । हत्कडी लगाएरै थुनुवा कसरी भागे भन्नेबारे शंका उब्जिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई बताए ।

कालिमाटी प्रहरी वृत्त इन्चार्जको कमाण्ड केही समअघि डिएसपी अपिलराज बोहराले समालेका थिए । यसअघि बोहरा सिंहदरबार वृतको इन्चार्ज हुँदा पनि हिरासतमा साढे ३३ किलो सुनकाण्डका आरोपीको रहस्यम मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!