बिहिबार, आश्विन ०१, २०७७

नेपाली चलचित्रमा चन्चले नायिकाको परिचय बनाएकी छिन् प्रियंका कार्कीले । एक समय चलचित्र क्षेत्रमा निकै लोकप्रियता बटुल्न सफल भएकी थिइन् । अभिनेत्री रेखा थापा अस्ताउनु र प्रियंका कार्की उदाउनु एउटै समय थियो । प्रियंका कार्कीलाई नाइ नभन्नु ल फिल्मले सफलता दिलाएको थियो भने फिल्म छक्का पञ्जाले लोकप्रिय बनायो ।

एकाएक चर्चामा आएकी प्रियंकाले धेरै फिल्मलाई समय दिन थालेपछि चुलिएको स्टारडम जोगाउँन सकिनन् । पछिल्लो समयमा उनले अभिनय गरेका कुनैपनि फिल्मले खासै सफल हुन सकेका छैनन् । केहि समय अगाडीसम्म उनकै नामले पनि फिल्म चल्ने निर्माता तथा निर्देशकको विश्वास थियो तर अहिले भने समय फेरिएको छ ।

प्रियंका र नायक आयुष्मान देशराजले लामो समयको प्रेम सम्बन्ध लाई गति दिन गत वर्षको फागुनमा विवाह गरे । तर विवाह पश्चात लागेको लकडाउनले उनीहरु हनिमुन जान पाएनन् । भैसीपार्टीमा बस्दै आएका यो जोडीले सधै रोमाण्टिक तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन् । घरभित्रको रोमाण्टिक फोटोहरु प्रियंकाले इन्टाग्राममा सेयर गदै
आएकी छिन् । प्रियंका आयुष्मानको काखमा बसेको फोटो राख्दै क्याप्सनमा लेखेकी छिन्, ‘आयुष्मानलाई दुख दिन मन पर्ने यो समय । ’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया