बिहिबार, आश्विन ०१, २०७७ || 788  पटक पढिएको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्धको आधार साझा संस्कृति र इतिहास रहेको भन्दै मजबुत बनाउनेतर्फ लागिरहेको बताएका छन् । आफ्नो जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देशको जवाफमा मोदीले यस्तो बताएका हुन् ।

ओलीले ट्वीटरमार्फत् जन्मदिनको शुभकामना दिएपछि मोदीले रिट्वीटर गर्दै आफूहरु सम्बन्ध अझ मजबुत बनाउन लागेको बताए । उनले भने, ‘साझा संस्कृति र इतिहासको आधारको भारत नेपाल सम्बन्धलाई थप मजबुत बनाउन हामी लागेका छौं ।’ उनले ओलीलाई धन्यवाद समेत व्यक्त गरे ।

यसअघि प्रधानमन्त्री ओलीले मोदीको सुस्वास्थ्य र खुशीको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । ओलीले शुभकामना सन्देशमा भनेका छन्, हामी दुई देशको सम्बन्ध थप सुदृढ गर्न नजिक रहेर निरन्तर काम गर्नेछौं

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!