बिहिबार, आश्विन ०१, २०७७ || 504  पटक पढिएको

पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थ चौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य चौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिलाहरु उत्साहित भएका छन् ।

घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य सङ्ख्यामा झारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा प्रसूति गराउन प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । वडावडाका स्वास्थ्य चौकीबाट बर्थिङ सेन्टर र प्रयोगशाला स्थापना गरी स्वास्थ्यमा नागरिकको सहज पहुँच विस्तार गर्न थालिएको उनले अतए ।

प्रदेश सभा सदस्य तुलाराम घर्तीले बर्थिङ सेन्टर र प्रयोगशालाको मङ्गलबार उद्घाटन गरेपछि दुवै सेवा सञ्चालनमा आएका हुन । सो अवसरमा प्रदेश सभा सदस्य घर्तीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच विस्तार भएको बताए । प्रदेश सरकारको रु १० लाखको लगानीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

प्रसूति सेवा उपलब्ध हुन थालेपछि सामान्य औषधि उपचार र प्रसूतिका लागि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले संस्थागत प्रसूति सेवा सञ्चालनले गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने विश्वास व्यक्त गरे । उनले अनिवार्य रुपमा स्वास्थ्य संस्थामै प्रसूति सेवा लिन महिलालाई अनुरोध गरे ।

तिनाउ गाउँपालिका–२ का अध्यक्ष एवं स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा लिन सबै नागरिकलाई अनुरोध गरे । यो स्वास्थ्य संस्थाबाट तिनाउ गाउँपालिकाको मस्याम, झुम्सा, सत्यवती क्षेत्रका महिलाले प्रसूति सेवा लिने वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!