खबर ठुलो छ

मन्त्रिपरिषद्को बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ । आजको बैठकमा केही नियुक्ति हुने भएकाले महत्वपूण हुनसक्ने बुझिएको छ ।

आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत नियुक्त गर्ने सम्भावना रहेको छ । बेलायतका लागि राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी भएको छ । रेग्मी मुख्यसचिव कायमै रहेमा उनीभन्दा अघि वैरागी सेवानिवृत्त हुनेछन् । त्यसैले रेग्मीले राजीनामा दिई उनको स्थानमा वैरागीलाई ल्याउने गरी मिलाइएको बुझिएको छ ।

मन्त्रिपरिषद बैठकमा ऊर्जामन्त्री वर्षमान पुन अनन्तले कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको विषय फेरि उठाउने भएका छन् । यसको संकेत उनको सचिवालयले गरिसकेको छ । प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि उक्त प्रस्ताव पुनले बढाएका थिए । तर, प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएका थिए ।

बिहिबार, आश्विन ०१, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया