बुधबार, माघ ०१, २०७६ || 1379  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, १ माघ: मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पतालका लागि शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग (यूएनएचसीआर) दमकले आवश्यकीय सामग्री प्रदान गरेको छ ।

यूएनएचसीआर दमकका माधवप्रसाद गौतमले नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंलाई सामग्री हस्तान्तरण गर्नुभयो । अस्पतालका लागि ३ थान बेड, २ थान ब्राण्डेड कम्प्युटर, ४ थान कुर्सी, २ थान टेवल तथा मानसिक समस्याको जानकारी सम्वन्धी पुस्तक समेत वितरण भएको हो ।

सो अवसरमा बोल्दै अस्पताल अध्यक्ष गुरागाईंले अस्पतालका लागि यूएनएचसीआरले गर्दै आएको यसखाले सहयोग प्रसंशनीय रहेको वताउँदै सहकार्यको निरन्तरताका लागि समेत अनुरोध गर्नुभयो ।

यूएनएचसीआरले नगर अस्पतालमा साइक्राट्रिक डाक्टरको व्यवस्थापन गरी अवको जनवरी १ देखि मासिक रुपमा निःशुल्क मानसिक पराशर्म सेवा सुरु गर्ने जानकारी समेत दिइएको छ । जसमा संस्थाले स्वास्थ्य विमाले समेट्न नसकेका मनोसामाजिक समस्याका ११ प्रकारका औषधि समेत निःशुल्क वितरण गर्ने छ । यूएनएचसीआरको सहयोगमा नगरका १५ जनालाई ग्रामिणस्तरको कार्यकर्ताका रुपमा काम गर्न तथा अन्य १६ जना स्वास्थ्य क्षेत्रमा कार्यरतलाई मनोसामाजिक विमर्श सम्वन्धी तालिम समेत प्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!