नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई र दोस्रो भ्यान भ्यू सिएस२एल सार्वजनिक गरेको छ । देशको बाटो सुहाउँदो भएको निष्कर्ष निकाल्दै कम्पनीले दुई प्रकारका गाडीको बिक्री सुर गरेको हो ।

टुनल्यान्ड ई

कम्पनीले फोटोनको नयाँ टुनल्यान्ड ईमा २.८ लिटरको इनलाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको फोरवाइड ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको जनाएको छ । यसले ३६०० आरपिएममा अधिकतम ८५ किलोवाटबराबरको पावर र १६०० देखि २४०० आरपिएममा अधिकतम २८० एनएम टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ ।

यसको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको जनाइएको छ । यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको कम्पनीले जनाएको छ । यो गाडीमा अगाडि अपर एन्ड लोवर ए–आर्म (डबल विसबोन क्वाइल स्प्रिङ) र पछाडि सक एब्जोर्बरहितको डेपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।

यसमा डुअल एयरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, इबिडीसहितको एबिएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङजस्ता सुरक्षाका फिचर छन् । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेरिङ, एयर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियर भ्यू मिरर आदि छन् । नेपाली बजारका लागि टुनल्यान्ड ईको मूल्य ५९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

भ्यू सिएस२एल
कम्पनीले १९ सिट क्षमताको भ्यान पनि सार्वजनिक गरेको छ । यसमा लगाइएको २.८ लिटरको कमिन्स इन्जिनले ३६०० आरपिएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपिएममा ३३० एनएम टर्क उत्पन्न गर्ने कम्पनीको दाबी छ ।

यसमा डुअल एयरब्याग, इबिडीसहितको एबिएस, फोल्डेबल सिट, क्यामरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइटजस्ता क्लासकै सबैभन्दा बढी फिचर रहेको जनाइएको छ । त्यस्तै, पावर स्टेरिङ, पावर विन्डो, एयर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यू सिएस२एलको मूल्य ७२ लाख रुपैयाँ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!