बिहिबार, आश्विन ०१, २०७७ || 612  पटक पढिएको

भारतका केन्द्रीय सडक, यातायात र राजमार्ग मन्त्री नितिन गडकरीलाई कोरोना संक्रमण भएको छ । मन्त्री गडकरीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री गडकरीले आफुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

मन्त्रीले ट्वीटरमार्फत भनेका छन्ः ‘हिजो मैले आफुलाई कमजोर महसुस गरें र चिकित्सकहरुसँग परामर्श गरे । मेरो चेकअपका क्रममा कोरोना पोजेटिभ पुष्टि भएको पाइएको छ । सबैजनाको आर्शिवाद र स्वास्थ्यलाभका कामनाले म अहिलेसम्म ठिक छु । अब म केही दिन आइसोलेसनमा रहनेछु ।’

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रही कोरोना पोर्टोकलको पालना गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!