बुधबार, भाद्र ३१, २०७७ || 620  पटक पढिएको

जिल्लामा १३ बर्षीया बालिका बलात्कार भएकी छिन् । बंगलाचुली गाउँपालिका–२ मर्पेस निवासी ति बालिका आफ्नै झट्केलो बुबाबाट यौन शोषणमा परेकी हुन् । पीडित पक्षले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो । पीडित पक्षका अनुसार उक्त व्यक्तिले विगत २ बर्षदेखि बालबालिकालाई यौन शोषण गर्दै आएका थिए । डरधम्कीका कारण घटना बाहिर भन्न नसकेका उनीहरुले पटक पटक बालिकामाथि यौन शोषणका क्रियाकलापहरु हुन थालेपछि प्रहरीमा उजुरी दिएको पत्रकार सम्मेलनमा पीडित बालिकाको परिवारले बताएका छन् । ‘बालिका दुई बर्षदेखि पटक पटक यौन शोषणमा पर्दै आएकी रहिछ, तर डरका कारण हामीलाई भन्न नसकेकी रहिन्छ,’ पीडित बालिकाकी आफन्तले भने । यौन शोषणका कारण बालिकाकमा शारीरिक तथा मानसिक समस्या समेत देखा परेको छ । पीडित पक्षको उजुरी दिएपछि ६२ बर्षीय अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आरोपित यसअघि जेठी श्रीमतीको हत्या गरि कैद भुक्तानी गरि निस्किएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!