बुधबार, भाद्र ३१, २०७७ || 682  पटक पढिएको

सुशान्त सिंह राजपुतको निधनपछि लागुऔषध सम्बन्धि आश्चर्य लाग्दा कुरा बाहिरिएका छन् । यस घटनामा नारकोटिक्स कंट्रोल ब्युरोले रिया चक्रवर्तीलाई गिरफ्तार गरेर न्यायिक हिरासतमा राखेको छ । सोधपुछको क्रममा रियाले बलिउड अभिनेत्री सारा अली खान र रकुल प्रीत सिंहसहित अन्य मानिसहरुको नाम लिएकी थिइन्, जसले ड्रग लिन्थे र ड्रग पार्टीमा सहभागी हुन्थे ।

यसैक्रममा सारा र सुशान्तको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा दुई कलाकारले फार्महाउसमा बालकोनीमा स्मोर्किङ गरेको देख्न सकिन्छ । उनीहरुको हातमा सामान्य सिगरेट मात्र हो वा सिगरेट भित्र ड्रग्स थियो त्यो चाँही पत्ता लागेको छैन् । दुई कलाकारको उक्त भिडियो सुशान्तका एक स्टाफले ड्रोनको सहयोगले बनाएका थिए ।

उक्त भिडियो ‘केदारनाथ’ फिल्मको प्रमोशनको क्रममा लिइएको बुझिएको छ । उनीहरु दुवैजना फिल्म प्रमोशन पछि प्राय लोनावलामा पावना लेकको किनारमा बनेको फर्म हाउसमा जाने गर्थे । भारतीय मिडीयाको अनुसार सुशान्तको लोनवाला स्थित फर्महाउसमा एनसीबीको टिमले छापा मार्दा हुक्का, औषधी, ऐशट्र र केही त्यस्ता चीज बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!