बुधबार, भाद्र ३१, २०७७ || 592  पटक पढिएको

महानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले बुधबार बल्खुका आलु प्याजका व्यापारी सुनिल केसीलाई प्याजमा कालोबजारी गरेको अभियोगमा नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले व्यापारी केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरीसमेत सहभागी रहेको संयुक्त अनुगमन टोलीले व्यापारी केसीको पसलबाट २४० बोरा प्याज लुकाएर राखेको अवस्थामा बरामद गरेर कालीमाटी प्रहरीलाई जिम्मा लगाएको छ । अनुगमनमा सहभागी उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले निज व्यापारीले प्याज लुकाएर बढी मूल्य दिनेलाई दुई ÷तीन बोराका दरले विक्री गर्ने गरेको पनि फेला परेको जानकारी दिनुभयो । उहाँले प्याज प्रतिकेजी ४८ रूपियाँमा खरिद गरेर १४० रूपियाँमा विक्री गरेको पनि अनुगमनका क्रममा फेला परेको जानकारी दिनुभयो ।
महानगरको बजार अनुगमनको नेतृत्व गर्नुभएका हरिबहादुर भण्डारीले निज व्यापारीले प्याजमा कालोबजारी गरेको प्रमाणसहित फेला परेकाले कालोबजारी ऐन अनुसार कारबाही हुने बताउनुभयो । सोमबारसम्म प्रतिकेजी ६५ रूपियाँमा विक्री भएको प्याज भारतले निर्यात रोक लगाएको हल्लासँगै मंगलबार प्याज एक्कासि महँगो भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कालीमाटी बजारमा प्याजको अनुगमन गरी बढी मूल्य लिएका छ जना व्यापारीलाई दुई दिनभित्र खरिद मूल्यको विलसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । विभागका अनुगमन निर्देशक सागर मिश्रको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमनका क्रममा व्यापारीले प्रतिकेजी एक रूपियाँसम्म विक्री भेटेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!