उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन् । पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब ५ वर्षपछि रेल विभागले कुल २२ किलोमीटरमध्ये महाराजगञ्ज–सातदोबाटो रुटको डीपीआर बनाउन एक नेपालीसहित चिनियाँ कम्पनी छनोट गरेको हो ।
मेट्रो रेलको डीपीआर तयार गर्ने काम भने डेढ महीनाभित्र शुरु गरिने भएको छ । रेल विभागले तयार गरेको पूर्वसम्भाव्यता अध्ययनका आधारमा पहिलो चरणमा महाराजगञ्जदेखि सातदोबाटो खण्डको डीपीआर तयार गरिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यसैगरी बूढानीलकण्ठ–महाराजगञ्ज र सातदोबाटो–खोकना खण्डमा पनि सम्भाव्यता अध्ययन गरिने उनले जानकारी दिए ।
उक्त मेट्रो रेल बूढानीलकण्ठदेखि महाराजगञ्ज–रत्नपार्क हुँदै सातदोबाटो–खोकनासम्म पुग्नेछ । यो खबर आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!