बुधबार, भाद्र ३१, २०७७ || 511  पटक पढिएको

मुलुकका विभिन्न क्षेत्रमा रहेका कोरोना संक्रमितलाई उपचारका लागि निगरानीमा राखिने आइसोलेसन केन्द्रले राम्रो सेवा दिएकै कारण एक सातादेखि १५ दिनभित्रै बिरामी निको भएर घर फर्किनेको संख्या उच्च छ ।

तर, पछिल्लो समय १०–१२ दिनसम्म लक्षण नदेखिएपछि बिरामीलाई पीसीआर परीक्षणविना नै निको भएको ठानेर घर पठाउने गरिएको छ ।

‘पहिला–पहिला त पीसीआर परीक्षण गरेर नेगेटिभ परिणाम आएपछि डिस्चार्ज गर्ने गरिएको थियो, तर पछिल्लो समयमा कुनै लक्षण नदेखिएपछि कोरोनामुक्त ठानेर घर पठाउने गरिएको छ’, कीर्तिपुरस्थित नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा। रामआधार यादवले भन्नुभयो– ‘जेठ महिनायता २ सय १२ जना उपचारपछि केन्द्रबाट डिस्चार्ज भइसकेका छन् भने अहिले करिब २ सयले आइसोलेसनमा उपचार गराइरहेका छन् ।’

‘स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार नै पीसीआर परीक्षणविना नै १४ दिनपछि कुनै लक्षण नदेखिएपछि घर फर्काइएको हो’, डा यादवले भने– ‘हामीकहाँ, संक्रमण भएर पनि लक्षण नदेखिएका अर्थात् एसिम्टम्याटिक, छिटफुट लक्षण देखिएका अर्थात् माइल्ड र मोडिरेट बिरामी मात्र राखिन्छ, त्यसैले पनि निश्चित समयको निगरानीपछि परीक्षणविना नै डिस्चार्ज गर्नु स्वाभाविक हुन्छ ।’

कीर्तिपुरको यस आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रस्थित आइसोलेसन केन्द्रले भर्ना भएका सबै पूर्णतः स्वस्थ भएर घर फर्केका कारण प्रशंसा पाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!